लागूऔषध ट्रमाडोलसहित हेटौंडाबाट दुई जना पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध ट्रमाडोलसहित दुई जनालाई पक्राउ गरेको छ ।
धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा १८ स्याउली बजारबाट ३५० ट्याब्लेट लागूऔषध ट्रमाडोलसहित दुई जना पक्राउ परेको हो । सोमबार प्रहरी चौकी ठुलोदमार मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट फापरबारीतर्फ जादैँ गरेको बागमती प्रदेश ०३-००२ प १५८९ नं. को मोटरसाईकल चालक बकैया गाउँपालिका वडा नम्बर ५ श्रीपुर बस्ने २० बर्षिय अमिर थिङ र सोही मोटरसाईकलमा सवार सोही स्थान बस्ने बर्ष २० को सन्देश राईलाई ३५० ट्याब्लेट लागूऔषध ट्रमाडोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेको दुबै जनालाई मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।