कविता प्रतियोगितामा ब्रम्हदिककी कुस्मा प्रथम
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-४ को आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको संयोजनमा सुरु भएको दोस्रो वडा खेल महोत्सव अन्तर्गत आज भएको कविता प्रतियोगितामा कुस्मा लौडारी प्रथम भएकी छिन् ।
हेटौंडा- ४ स्थित ब्रम्हदिक एकेडेमीको व्यवस्थापनमा भएको कविता प्रतियोगितामा ब्रम्हदिक एकेडमीकि लौडारी प्रथम भएको हो । प्रतियोगितामा भुटनदेवी माविका रोहन काफ्ले द्वितीय र सत्यम जेभियर्सकी आचल शाह ठकुरी तृतीय भएकी छन् ।
प्रतियोगितामा ४ नम्बर वडाका ६ वटा विद्यालयबाट १५ जना विद्यार्थी सहभागी भएका थिए । ब्रम्हदिक एकेडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार बानियाँको सभाध्यक्षतामा भएको प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर- ४ का वडासदस्य गीता त्रिपाठीको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ का अध्यक्ष श्रीराम दाहालको विशेष आतिथ्यता रहेको थियो ।
माघ ९ बाट सुरु भएको खेल महोत्सव फाल्गुण १७ गते सम्म चल्ने आयोजकले जनाएको छ ।