हेटौंडामा सवारी दुर्घटना: एकको मृत्यु, दुई घाइते

अखबार हब
२०८१ फाल्गुन ३, शनिबार ०८:३९

हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा –११ थानाभर्‍याङमा ट्रकले अटोलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका ६ खयरघारी कि ३५ वर्षीया पुजा बम्जन रहेकी छन् ।

शुक्रबार साँझ करिब ८ बजेको समयमा चितवनतर्फ जाँदै गरेको ना ४ ख. २४९६ नं. को ट्रकले विपरित दिशाबाट आउँदै गरेको ना १ ह. ८३०८ नं. को अटोलाई ठक्कर दिई दूर्घटना भएकाे थियाे । दूर्घटनामा ३ जना घाइते भएकोमा थानाभर्‍याङमै रहेको सिएमसी चुरेहिल अस्पतालमा उपचारको क्रममा बम्जनको राति मृत्यु भएको हो ।

दूर्घटनामा मृतक बम्जनका ११ वर्षीय छोरा अमृत र अटो चालक हेटौंडा–१९ बासघारीका २५ वर्षीय राजु थिङ घाइते भएका छन् । अटो चालकको अवस्था गम्भीर रहेको छ भने अमृतको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दूर्घटनापछि प्रहरीले ट्रक चालकचितवन राप्ती न.पा.२ पिप्लेका ४८ वर्षीय कान्छा राईलाई नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*