बागमती गोल्डकप : सर्लाहीको विजयी सुरुवात

अखबार हब
२०८१ फाल्गुन ३, शनिबार १८:५५

हेटौंडा । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।

मकवानपुरको बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशालामा भएको उद्घाटन खेलमा सर्लाहीको बागमती युथ क्लबले विजयी सुरुवात गरेको हो ।

आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिलाई १–० गोलअन्तरले पराजित गर्दै बागमती युथ क्लब बिजयी भएको हो । बागमती युथ क्लबको जीतमा विमल घिसिङले निर्णायक गोल गरे । उनले खेलको ७६ औं मिनेटमा गोल गरेका हुन ।

खेलको म्यान अफ द म्याच घोषित हुँदै घिसिङले ट्रफी र नगद १० हजार रूपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा ७ वटा ‘ए’ डिभिजन क्लब र ३ वटा मोफसलका क्लबसहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।

खेल पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड”ले उद्घाटन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*