हेटौंडाको एन्टारटिक बिस्कुट विरुद्ध श्रमिकहरुको चरणबद्ध आन्दोलन

अखबार हब
२०८१ फाल्गुन ५, सोमबार १३:३६

हेटौंडा । हेटौंडाको एन्टारटिक बिस्कुट प्राली विरुद्ध श्रमिकहरुले चरणबद्ध आन्दोलन गरेका छन् । परिक्षण अबधि सकीएका श्रमिकलाई श्रम ऐन बमोजिम स्थायी नियुक्ती गर्ने सहमती गरेको हेटौंडा औद्योगिक क्षेत्रस्थित एन्टारटिक बिस्कुट प्रालिले आफ्नै लिखीत प्रतिबद्धता विपरित श्रमिकलाई निष्कासन गरेपछि श्रमिकहरुले चरणबद्ध आन्दोलन सुरु गरेको हो ।

उद्योग प्रशासनले ९७ जना श्रमिकलाई निष्काशन गरेपछि उद्योगमा चरणबद्ध आन्दोलन सुरु भएको हो । फागुन १ गते देखि जारी आन्दोलनलाई श्रमिकहरुले थप चर्काउने चेतावनी दिएका छन् ।

श्रम ऐन विपरित आन्दोलनको नेतृत्व गर्ने मजदुर नेतालाई अनावश्यक लान्छाना लगाई निष्कासन गर्नु, अनुचित श्रम अभ्यास भएकोे निष्कर्ष निकाल्दै नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)ले उद्योग प्रशासनलाई गलत अभ्यास सच्याउन आग्रह गरेको छ । ५ बर्ष सेवा गरिसकेका मजदुरलाई गैरकानुनी सम्झौता गरेर उद्योग प्रशासनले नयाँ सम्झौताका नाममा परिक्षण अवधिमा निष्काशन गर्ने योजना बनाएको भन्दै जिफन्टले बिरोध जनाएको हो ।

जिफन्ट प्रदेश कार्यालयको हलमा समग्र उद्योग ट्रेड यूनियन नेपालका केन्द्रीय अध्यक्ष आनन्द थामी, नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, उपाध्यक्ष अर्जुन अर्याल लगायतको उपस्थितिमा बसेको बैठकले ४ दिनदेखि जारी विरोध कार्यक्रमलाई यथावत राख्दै फागुन ७ गते मजदुरहरूको तर्फबाट व्यापक विरोध गर्ने निर्णय गरेको छ । त्यस्तै समग्र उद्योग ट्रेड यूनियन नेपाल केन्द्रीय अध्यक्ष आनन्द थामीको संयोजकत्वमा रामहरि नेपाल, अर्जुन अर्याल, धर्म बस्नेत, भवानी शर्मा, सन्तोष पौडेल, लालकृष्ण प्याकुरेल, केशव अधिकारी र बुद्ध विक रहेको आन्दोलन परिचालन स्टेरियङ कमिटी निर्माण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*