डोरी तान्ने प्रतियोगितामा किरणचोक र देवनगर प्रथम

हेटौंडा । किसान कल्याण बहुउद्देश्यीय सहकारी सस्था हेटौंडा-८ को २५ औं रजतजयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज भएको डोरी तान्ने प्रतियोगितामा महिला तर्फ किरणचोक फारलाइन र पुरुष तर्फ देवनगर टोल प्रथम भएको छ ।
प्रतियोगितामा महिलातर्फको डोरी तान्नेमा मनकामना ख र पुरुषतर्फ मनकामना क टोलबिकासले द्वितीय स्थान हासिल गरेको छ । प्रतियोगितामा महिलातर्फ सातवटा र पुरुषतर्फ नौ वटा टोलको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम हुने समुहले नगद दस हजार र द्वितीय स्थान हासिल गर्ने समुहले पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने सहकारीका युवा तथा खेलकुद संयोजक कुमार केसीले जानकारी दिए।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोलि सरसफाई र शुक्रबार बालकल्प स्तरीय हाजिर जवाफ प्रतियोगिता हुने खेलकुद संयोजक केसीले बताए ।
संस्थाका अध्यक्ष मोतिलाल लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थाको उपाध्यक्ष रमेशकुमार पौडेल, चन्द्रोदय माविका प्रअ जीवन ढकाल, संस्थाका कोषाध्यक्ष उमानाथ आचार्य लगायतको उपस्थिति रहेको थियो।