गैडाको आक्रमणबाट मनहरीका कुशवाह घाइते

हेटौंडा । गैडाको आक्रमणबाट मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर – ६ खयरघारी मरुङगेका युवक घाइते भएका छन् ।
शनिबार दिउँसो घास काट्ने क्रममा मनहरी गाउँपालिका वडा नम्बर -६ खयरघारी मरुङगेका ३५ बर्षिय राम दिनेश कुशवाहको गैडाको आक्रमणबाट घाइते भएको हो ।
स्थानीय मरुङगे ताल स्थित ब्रमहदेबी लामिदमार मध्यवर्ती सामुदायिक (खण्ड ग) वनमा घाँस काट्ने क्रममा गैडाको आक्रमणबाट कुशवार घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।
घाइतेको भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।