उच्च अदालत बार एशोसियसन हेटौंडाको अध्यक्षमा भट्टराई निर्वाचित

अखबार हब
२०८१ फाल्गुन १७, शनिबार १९:४९

हेटौंडा । उच्च अदालत बार एशोसियसन हेटौंडाको निर्वाचनबाट अधिवक्ता मनप्रसाद भट्टराई अध्यक्षमा निर्वाचित भएका छन् । आज भएको बारको निर्वाचनबाट भट्टराई  अध्यक्षमा निर्वाचित भएका हुन् । भट्टराईले ३३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धि हरि प्रसाद भट्टले ३२ मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा रामकृष्ण देउला निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा भने देउलाको मात्र उम्मेद्वारी परेको थियो ।

सचिवमा सुजन तिमल्सिना(३३) , सह सचिवमा पम्फा पुरी(३८), कोषाध्यक्ष रीमा प्याकुरेल(३५), सदस्यहरुमा एक नारायण शर्मा(३६), केशब प्रसाद अर्याल(३४), हरिहर खतिवडा(४४), ध्रुव सिंह बिष्ट(४६), दीपेन्द्र बानिया(३५), चुडा प्रसाद उप्रेती(४९), गणेश अधिकारी(३२), निशा क्षेत्री निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी केन्द्रीय पार्षदमा कृष्णप्रसाद अर्याल, केशव प्रसाद गौतम, शिव प्रसाद बञ्जारा र श्रीराम दहाल सर्वसम्वत निर्वाचित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*