कलाको माध्यमबाट विभेद हटाउन सहज : सिग्देल

अखबार हब
२०८१ फाल्गुन १८, आईतवार २२:५०

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-४ का वडाध्यक्ष नवीन सिग्देलले कला र साँस्कृतिककाे प्रवर्द्धनबाट समाजमा रहेकाे विभेद र विकृति हटाउन सहज हुने बताएका छन् ।

हेटौंडा – ४ नम्बर वडा कार्यालयकाे आयाेजना तथा झलझली मल्टिक्रियसन म्युजिक स्टुडियाेकाे व्यवस्थापनमा हेटौंडामा आजबाट सुरु भएको नगर स्तरीय नाटक प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै उनले विभेद र विकृति हटाउन कला, सस्कृतिको प्रवर्द्धन गर्नु पर्नेमा जोड दिएका हुन् ।

विद्यालयबाट नै विध्यार्थीहरूलाई कला र साँस्कृतिसँग जाेड्न सके दक्ष र उकृष्ट कलाकारकाे समेत उत्पादन गर्न सकिने र समाजमा विध्यमान विकृति, विसंगति, कुरिति, कुसँस्कार, अन्धविश्वास, मानवीय हिँसालाई हटाउन सकिने उनले बताए ।

पहिलाे प्रतियाेगितामा ज्ञानाेदय बालबाटिका आवासिय मावि हेटाैँडा-५ का समूहले महिला हिँसा विरूद्व सचेतनामूलक रक्ताम्मे मेराे शरीर नामक नाटक र १८ नं. वडा बाल सञ्जालले लागू औषध दुर्व्यसनीविरूद्व चेतना मूलक नाटक प्रस्तुत गरेका थिए । प्रतियोगिता हेटौंडा -४, स्थित नवोदय शिशु सदनमा भएको थियो ।

प्रतियाेगितामा नगरभरीबाट १२ वटा समूहले सहभागी जनाएका छन् भने, प्रतियाेगिता फागुन २३ गतेसम्म सञ्चालन हुने नाट्यकर्मी आशाकाजी श्रेष्ठले बताए ।

कार्यक्रममा टाेल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरी दाहाल, शैक्षिक गुणस्तर सुधार समिति, हेटाैँडा-४ का संयाेजक श्रीराम दाहाल, महिला जागरण समूहका अध्यक्ष राधिका चाैलागाई, नवाेदय शिशु सदनका निर्देशक दीपेश जाेशी, राष्ट्रिय जनसाँस्कृतिक मञ्चका अध्यक्ष राजुराम राउत, सिस्नुपानी नेपालका अजर फुँयालकाे विशेष उपस्थिति रहेकाे थियाे भने बाल सञ्जाल, नवाेदय शिशु सदनकी उपाध्यक्ष एनि घलेकाे अध्यक्षतामा प्रतियाेगिता भएकाे हाे ।

यसमा तपाइको मत

Your email address will not be published.


*