राक्सिराङकी गलान मृत अवस्थामा फेला

अखबार हब
२०८१ फाल्गुन १९, सोमबार २१:३९

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर- ६ कोलडाँडाकी सीतामाया गलान मृत अवस्थामा फेला परेको छ ।

४९ वर्षीया गलान भिरबाट लडेर मृत्यु भएको अवस्थामा नजिकको सामुदायिक वनमा फेला परेको हो ।

प्रहरीका अनुसार गलान फागुन १७ गते शनिबार घरबाट घाँस काट्न जान्छु भनी हिँडेकोमा घर नफर्किएपछि खोजतलास गर्दा घरनजिकैको भिरमा मृत भेटिएकी थिइन्।

उनलाई खोजतलास गर्दै जाँदा घरदेखि १ किलोमिटर पश्चिमतर्फ रहेको सिलिंगे सामुदायिक वनको भिरबाट तल मृत अवस्थामा फेला परेको स्थानीयले बताएका प्रहरीले जनाएको छ। घटनाको बारेमा थाहा पाएपछि प्रहरी चौकी कान्द्राङ र मनहरीबाट गएको प्रहरी टोलीले घटनाको प्रारम्भिक अनुसन्धान थालेको प्रहरी प्रवक्ता अर्यालले बताए।

यसमा तपाइको मत

Your email address will not be published.


*