बिष्फोटक पदार्थसहित हेटौंडाबाट एक जना पक्राउ

हेटौंडा । बिष्फोटक पदार्थसहित मकवानपुर प्रहरीले हेटौंडाबाट एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर -३ बसामाडीबाट बिष्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको हो ।
पुर्वपश्चिम खडकखण्ड अन्तर्गत चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ८ ख ४२१४ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा बिस्फोटक पदार्थसहित हेटौंडा- १९ बस्ने अमृत घलानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरीका अनुसार झोलामा लुकाएर ल्याएको अवस्थामा ९० प्रीमिइर ३२ एम एम- एक्सप्लोसिभस कल्लास-२ लेखिएको बिष्फोटक पदार्थ १ थान, नेगोजेल- ९०१, क्याप सेन्सेटिभ इमुल्सिओन एक्स्पोल्सिभ नामक बिस्फोटक पदार्थ एक थान, सेतो गिलो बिष्फोटक पदार्थ थान -२ थान, सुन्तला रंगको बिष्फोटक पदार्थ जस्तो देखिने गिलो पदार्थ थान -३ थान, कालो रंगको टेपले बेरी राखेको सेतो रंगको तार जोडेको बिद्युतीय डेटोनेटर ६ थान, कालो टेपले बेरी रातो सेतो रंगको तार जोडेको बिधुतिय डेटोनेटर २० थान गरि जम्मा ३३ थान र तार नजोडेको कालो टेपले बेरी राखेको डेटोनेटर १४ थान साथै डेक्कोड रंगको तार ३ फिट ६ ईन्चको -१ थान, ३ फिट ८ ईन्चको १ थान गरी २ थान फेला परेको हो ।
घलानलाई बिस्फोटक पदार्थ सम्बन्धि कसुरमा जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।