सेतो हेरोईनसहित मनहरीबाट भारतीय नागरिक पक्राउ

अखबार हब
२०८१ फाल्गुन २०, मंगलवार २२:१४

हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध सेतो हिरोईनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सोमबार साँझ ६ बजे इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले लागुऔषध सेतो हिरोईनसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर- ७ पेन्छे स्थित राक्सिराङबाट मनहरी बजारतर्फ आउँदै गरेको JH03V0539 नं. को भारतीय स्कारपियो गाडी चेकजाँच गर्ने क्रममा २० ग्राम ६३० मिलिग्राम सेतो हिरोईनसहित भारतीय नागरिक पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

पक्राउ पर्नेमा स्कारपियो चालक भारत, ग्राम पथेल, थाना-राजपुर, पाथेल, चतरा, झारखण्ड-८२५४०१ बस्ने बर्ष २८ को संजय मांझी र सोही गाडीमा सवार भई आएका भारत आत्मज लखन सिंह खरवार थाना मोहनपुर, पोष्ट-भलुआ, मसौन्धा मोहनपुर, गया, बिहार ८२४२३२ बस्ने बर्ष ३७ को रामदुलार कुमार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत मकवानपुरबाट लागुऔषध सेतो हेरोईन सम्बन्धी कसुरमा ८ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*