मकवानपुरमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा कडाइ

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूर्तिजन्य पदार्थको बिक्री वितरणमा कडाइ गर्ने भएको छ।
कार्यालयले मंगलबार एक सूचना जरी गर्दै शिक्षा तथा स्वास्थ्य संस्थाहरू, बाल सुधार गृह, शिशु संरक्षण केन्द्र, बृद्धाश्रम तथा सार्वजनिक स्थानहरू नजिकै सूर्तिजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाउने भएको हो ।
सार्वजनिक स्थलको कम्तीमा सय मिटरको दूरीभित्र सूर्तिजन्य पदार्थ बिक्री गर्न नपाइने नियमलाई प्रभावकारी बनाउन प्रशासनले थप निगरानी गर्ने जनाएको छ। नियम उल्लंघन गरेमा २०६८ को दफा ११ को उपदफा (२) बमोजिम कानूनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले व्यवसायीहरूलाई तोकिएको मापदण्डअनुसार व्यापार गर्न आग्रह गर्दै सूर्तिजन्य पदार्थ बेच्न निषेधित क्षेत्रको सूची समेत सार्वजनिक गरेको छ।