पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष सारुलाई पीतृशोक

अखबार हब
२०८१ चैत्र २४, सोमबार १९:४९

हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरलाई पीतृशोक परेको छ ।

सारुका बुबा ५४ वर्षीय सुर्ज थापा मगरको सोमबार दिउँसो १२ बजेर २० मिनेटको समयमा निधन भएको हो । अटो चालक बुबाको आइतबार दुर्घटनामा परी गम्भीर घाइते भएका थिए ।

आईतबार दिउँसो २ बजेर ४५ मिनेटको समयमा कान्तिलोकपथमा हेटौँडा बजारबाट मकवानपुरगढी दरबारतर्फ जाने क्रममा मकवानपुरगढी–२ मा माथि डाँडाबाट खसेको ढुंगाले लागेर बुबा गम्भीर घाइते भएको थियो ।

हेटौँडा अस्पतालमा उपचार सम्भव नभएपछि चितवनस्थित चितवन मेडिकल कलेज हुँदै आइतबार राती नै ११ बजे काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पताल पु¥याइएको थियो । पोष्टमार्टमपछि बुबाको शव हेटौँडा नै ल्याएर अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*