लागुऔषध खैरो हेरोइनसहित हेटौंडाबाट दुई युवा पक्राउ

अखबार हब
२०८१ चैत्र २४, सोमबार २०:१२

हेटौंडा । मकवानपुरको हेटौंडामा लागुऔषध खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगरपालिका –१९ मौवाटारस्थित सुजिता गुरागाईको घरबाट लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका–१३ ठुलोथलीका २१ वर्षीय हरसित राज मुक्तान र राक्सीराङ गाउँपालिका–३ पलासीका २२ वर्षीय समतेन डिमडुङ रहेका छन्।

प्रहरी टोलीले शुक्रबार राति करिब १०२० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो। कोठा तथा शारीरिक खानतलासी गर्दा ३६ ग्राम ४२० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई लागूऔषध सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*