स्कुटरको ठक्करबाट हेटौंडामा पैदल यात्रीको मृत्यु

अखबार हब
२०८१ चैत्र २८, शुक्रबार ०७:५७

हेटौंडा । हेटौंडामा स्कुटरको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

बिहिवार बेलुका ८:२० बजेको समयमा हेटौंडा – १६, गुरुधाम चोक स्थित धरान चतरा सडकखण्डमा ठुलोदमार बाट हटियातर्फ आउदै गरेको बा.प्र.०३-०४ प ९५२६ न.को स्कुटरले पैदल यात्रिलाई ठक्कर दिई घाईते भएको थियो । स्कुटरको ठक्करबाट घाइते भएका हेटौंडा-१६ हटियाका ७६ बर्षिया अनिरुद्र बास्ताकोटीको उपचारको क्रममा बेलुका ११:४० बजे चितवन स्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

स्कुटर चालक हेटौंडा-१७ का २८ बर्षिय सन्दीप थापा समेत घाइते रहेकाले उनको सिएमसी चुरेहिल अस्पताल हेटौंडा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । पैदल यात्री बास्ताकोटीको शव चितवन मेडिकल कलेजमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*