दुर्गा प्रसाईं भद्रपुरबाट औपचारिक रुपमा पक्राउ

अखबार हब
२०८१ चैत्र २८, शुक्रबार ११:०७

हेटौंडा । दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा आफ्नो नियन्त्रणमा लिएको छ ।  प्रसाईलाई अब जहाजबाट काठमाडौँ ल्याउन प्रहरीले भद्रपुर विमानस्थल पुर्याएको छ ।

विहिबार भारतको आसाम प्रहरीको नियन्त्रणमा रहेका प्रसाईको सचिवालयले भने उनले आत्मसमर्पण गरेको दाबि गरेको थियो । आसाम प्रहरीले सीमा क्षेत्रसम्म प्रसाईंलाई ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको बताइएको छ ।

नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपितहरुलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास छ । अर्को देशमा पक्राउ परेमा त्यहाँको प्रहरीले सीमाक्षेत्रमा ल्याएर छोड्ने र लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्‍याउने अभ्यास छ । सोहि कारणले नेपाल प्रहरीले विहिबार राती विज्ञप्ति जारी गर्दै प्रसाई पक्राउ नपरेको जानकारी गराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*