मनहरीमा चट्याङ लागेर एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय २८ वर्षीय अविरल थिङ रहेका छन् ।
आइतबार दिउँसो हावाहुरी तथा पानीसंगै परेको चट्याङ लागेर थिङको घटनास्थलमै मृत्यु भएको मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए ।
बाटोमा हिँडिरहेका उनलाई चट्याङ लागेको थियो । चट्याङ लागेर स्थानीय दुईजना घाइते भएका छन् । घाइते हुनेमा मनहरी ५ का ६२ वर्षका सिंहबहादुर गोले र १० वर्षका सौगात गोले घाइते भएका छन् ।
घाइते दुवैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । घाइतेलाई उपचार गर्न हस्पिटल लगिएको छ ।