अडान बागमती प्रदेशको अध्यक्षमा बर्तौला

हेटौंडा । नेपाल अडिटर्स एसोसिएसन (अडान) बागमती प्रदेश समितिको अध्यक्षमा रामकुमार बर्तौला निर्विरोध निर्वाचित भएका छन् ।
अडानको शनिबार हेटौंडामा सम्पन्न सातौं प्रदेश अधिवेशनले तेस्रो कार्यकालको लागि बर्तौलाको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
एसोसिएसनको उपाध्यक्षहरुमा द्वारिका प्रसाद रिजाल, लव प्रसाद सुवेदी, माधव प्रसाद बास्तोला, सचिवमा तेजप्रसाद रुपाखेती, कोषाध्यक्षमा मणि प्रसाद सुवेदी, सहसचिवमा लेखराज सापकोटा र सहकोषाध्यक्षमा ईन्द्रमणि गैरे चयन भएका छन् ।
अडान केन्द्रीय अध्यक्ष केदारनाथ पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अडान निवर्तमान केन्द्रिय अध्यक्ष मोहनराज रेग्मी, बरिष्ठ उपाध्यक्ष बद्री प्रसाद भट्टराई, विशेषज्ञ समितिका संयोजक सूर्य प्रसाद अधिकारलगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।
त्यसैगरी नवनिर्वाचित प्रदेश समितिको पहिलो बैठकबाट सल्लाहकार समितिको संयोजकमा रोहित कुमार झा, विशेषज्ञ समितिको संयोजकमा सकुल कुमार श्रेष्ठ र अनुशासन समितिका संयोजकमा भेषराज कोइरालालाई चयन गरिएको अध्यक्ष बर्तौलाले बताए ।