ट्वायलेटमा फ्लश गर्न भुल्नुभो ? सावधान, जान पर्ला जेल !

अखबार हब
२०७८ आश्विन ८, शुक्रबार १३:५६

एजेन्सी । तपाईं ट्वाइलेट प्रयोग गरेपछि फ्लश गर्नुहुन्छ कि गर्नुहुँदैन ? गर्नुभयो भने राम्रो हो । यदी फ्लश गर्नुभएन भने तत्कालैदेखि आफ्नो बानी सुधार्नुहोस् ।

किनकी ट्वाइलेटमा फ्ल्स नगर्दा हाम्रै मुलुकमा तपाईंले नराम्रो गाली खानेदेखि तपाईंलाई कसैले राम्रो नसोच्नेसम्म हुन सक्छ ।

नेपालमा मात्र हैन, पछिल्लो समय ट्वाइलेटमा गरिने फ्लसले महत्वपूर्ण अर्थ राख्छ ।

एक देशमा त झनै फ्लश गर्न भूलेमा जरिवानादेखि जेलसम्मको सजाय हुन सक्ने बताइएको छ ।

सिंगापुरले आफ्नो देशलाई सफा राख्नका लागि यस्तो कानून बनाएको छ । जसमा पब्लिक ट्वाइलेट प्रयोग गरेपछि फ्लश गर्न भूलेमा जरिवानादेखि जेल सजायसम्म हुन सक्ने व्यवस्था गरिएको छ ।

सिंगापुरमा ट्वाइलेट प्रयोग गरेपछि फ्लश नगरेमा १५० डलर जरिवाना तिर्न पर्नेछ भने आवश्यकताअनुसार जेल जीवन पनि बिताउनुपर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*