मनहरीका मनकारी वडासदस्य,राज्यले दिएको सेवा सुविधा समाजसेवामा खर्च गर्दै

अखबार हब
२०७८ आश्विन १४, बिहीबार १०:१६

मकवानपुर । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नंं.१ का वडा सदस्य नवराज पौडेलले राज्यवाट आफुले पाउने सेवा सुविधा आज सम्म पनि लिएका छैनन् । विगत ४ बर्ष अगि स्थानीयत तहको निर्वाचनमा निर्वाचीत भएपश्चात सरकारबाट आफुले पाउने सेवा सुविधा नलिएका हुन् । उनले राज्यवाट पाउने गरेको सेवा सुविधा ४ बर्ष अगि देखी नै सामाजीक काम खर्च गर्दै आएका छन् ।

पौडेलले राज्यबाट लिएको सेवा सुविधा आफ्नो वडाका गरीव,विपन्न लागएत पिछडीएका वर्गका लागी खर्च गर्दै आएका छन् । उनले हाल सम्म मकरी मोर्डन युथ क्लवलाई ३० हजार बराबरको जर्सी सहयोग,वडाका सामाजीक संघ सस्थाहरुलाई आवाश्यक पर्ने सामाग्री ७० हजार बराबरको सहयोग गरेको छन् ।

यस्तै वडाकै महादेवस्थान समुह भवन निर्माणको लागी नगद विस्तार सहयोग,गोगनपानी समुहको भवन निर्माणका १६ हजार बराबरको ब्लक सहयोग,मकरी मोर्डन सभाहल निर्माण गर्नका लागी २५ हजार बराबरको जिन्सि सहयोग,गोगनपानीमा भएको पिता पर्मेश्वर सत्य वचन शिक्षा कार्यक्रममा २० हजार बराबारका साउन्ड सिस्टम सहयोग,शान्ति स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्था चकरीलाई प्रिन्टर,साथै वाडको खेलकुदको विकासका लागी २५ हजार सहयोग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*