मकरीमा, मनहरी कांग्रेसको शुभकामना आदान प्रदान, ११ जना कांग्रेसमा प्रवेश

अखबार हब
२०७८ आश्विन १७, आईतवार ११:२६

मकवानपुर । नेपाली कांग्रेस मनहरी १ ले नजिकिदै गरेको विजया दशमी,शुभ दिपावली,तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार मनहरी १ को मकरीमा रहेको मोर्डन सभाहलमा भएको उक्त कार्यक्रममा कांग्रेस मनहरीका सभापती प्रकाश बर्तौलाले चाडपर्वहरुलाई बढि खर्चिलो नबनाई मनाउन आग्रह गरे ।

साथै कोरोना महामारीको जोखी अझै नसकीएको र चाडपर्व मनाउदा महामारीबाट बच्नका लागी सुरक्षाको मापदण्ड अनिवार्य अवलम्बन गरी मनाउनु पर्ने उनको भनाई छ ।
कांग्रेस मनहरीको भर्खरै मात्र नयाँ नेतृत्व आएको र नेतृत्वले सम्पुर्ण मनहरीका जनताको हितका लागी काम गर्ने बताउदै बर्तौलाले भने“ हाम्रा कार्यकर्ताहरु टुटेर फुटेर हैन जुटेर,अगाडी बढ्नु पर्छ र विगतका कमीकमजोरीहरु बिर्सेर आगामी यात्रा तय गर्नु नै उत्तम हुन्छ । ”

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी मकरीका ११ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । नवप्रवेशीलाई कांग्रेस मनहरी कांग्रेसका सभापनी प्रकाश वर्ताैला,कांग्रेस नेता शंकर न्यौपाने मनहरी १ का वडाध्यक्ष शिव प्रसाद खनालले स्वागत गरेका थिए ।
शुभकामना कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला, क्षेत्र, पालिका र वडा स्तरका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*