दशैँ अघिनै हेटौँडाका बृद्धबृद्धालाई सामाजिक सुरक्षा भत्ता

अखबार हब
२०७८ आश्विन १८, सोमबार १८:११

मकवानपुर। दशैँ अघिनै हेटौँडाका बृद्धबृद्धाले सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । दशैँ अघिनै सामाजिक सुरक्षा भत्ता लिन पाउनेगरी आज हेटौँडा उपमहानगरपालिकाले बैंकमा रकम पठाएको हो ।

चालु आर्थिक वर्षको असार, साउन र भदौ महिनाको सामाजिक सुरक्षा भत्ता आज बैंकमा पठाइएको हेटौँडा उपमहानगरपालिकाको मेयर हरिबहादुर महतले बताए ।

रकम पठाए सँगै दशैँ मान्नका लागि समस्या भोग्नुपर्ने बृद्धबृद्धाहरु, एकल महिलाहरुलाई सहज भएको छ । हेटौंडाका ११ हजार ५ सय ६८ जनालाई ११ करोड २६ लाख ५१ हजार १ सय ७७ रुपैयाँ बैक दाखिला गरिएको मेयर महतले बताए। उपमहानगरपालिकाले आजनै बैंकमा बृद्धभत्ता दाखिला गरेपनि बैंकहरुले भने कहिले वितरण गर्ने भन्ने टुङ्गो लागिसकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*