गाई काटेको आरोपमा पक्राउ परेको ९ जनालाई जनही ४० हजार धरौटीमा रिहा गर्न आदेश
मकवानपुर । पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा गाई काटेको आरोपमा पक्राउ परेको १० जना मध्ये ९ जनालाई ४० हजार धरौटीमा रिहा गर्न आदेश जारी भएको छ ।
सोमबार जिल्ला अदालत मकवानपुरको न्यायाधीस कमल विष्टको एकल इजलासले पक्राउ परेको मध्ये ९ जनालाई जनरी ४० हजार रुपैयाँ धरौटी तिरेर रिहा गर्न आदेश भएको जिल्ला अदालत मकवानपुरका श्रेष्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।
४० हजार धरौटी नतिरेसम्म उनीहरुलाई थुनामा राखिने छ । पक्राउ परेका मध्ये एक जना बालकलाई भने यसअघिनै प्रहरीले अभिवाकको जिम्मा लगाएको थियो ।
गाई काटिरहेको खबर पाएपछि मकवानपुर प्रहरीले गत असार ३ गते साँझ १० जनालाई पक्राउ गरेको थियो ।