६ घण्टा फेसबुक डाउन हुँदा ६ अर्ब घाटा
काठमाडौँ । फेसबुक डाउन हुँदा मार्क जुकरबर्गलाई व्यक्तिगत रूपमा ठूलो नोक्सानी ब्यहोर्नु परेको छ । हिजो सोमबार रातिदेखि डाउन भएको फेसबुक करिब ६ घण्टासम्म पहुँच बाहिर थियो । जसले गर्दा फेसबुकका प्रमुख मार्क जुकरबर्गले केही घण्टाभित्रै छ अर्ब रकम गुमाएका छन् ।
सोमबार बेलुका आएको समस्या पछि फेसबुकले ट्वीटरमार्फत यसको बारेमा जानकारी दिएको थियो । फेसबुक यो समस्या सन् २०१९ देखि यताकै सबैभन्दा ठूलो समस्या हो । २०१९ मा पनि फेसबुकको सेवामा घण्टौं समस्या आएको थियो । फेसबुक डाउन भएसँगै मार्क जुकरबर्ग विश्व धनाड्य सूचीमा छौठौं स्थानमा पुगेका छन् ।
स्मरण रहोस्, नेपाली समयानुसार सोमबार राति करिब ९ बजेदेखि नेपालसहित विश्वभर फेसबुकका सबै सेवाहरू डाउन भएका थिए। फेसबुकका इन्स्टाग्राम, ह्वाट्सएप, ओकुलसका साथै अमेरिकी टेलिकम कम्पनी जस्तै भेरिजोन, एटी एण्ड टी र टी मोबाइलको सेवा घण्टौंसम्म ठप्प भए । हाल फेसबुकका सेवाह सुचारु भईसकेका छन् । तर शतप्रतिशत हुन अझै केही समय लाग्ने बताइएको छ ।