स्ट्यान्डर्ड चार्टर्ड बैंकले गर्यो लाभांश घोषणा
काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सेयरधनीहरूका लागि १३।०३ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३.०६ प्रतिशत नगद लाभांशसहित १० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।