धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

अखबार हब
२०७८ आश्विन २०, बुधबार ०९:०७

काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ । हिजो बसेको मन्त्रीपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गरेको हो ।

ढुंगानाले सर्वोत्तम सिमेन्टको शेयर अवैध तरिकाले छोरीका नाममा किनेको प्रमाण बहिरिएसँगै उनी छानविनमा परेका थिए । छानविनका लागि बनाइएको न्यायिक समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले ढुंगानालाई बर्खास्त गरेको हो ।

बुक विल्डिङ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको १२ हजार कित्ता शेयर ढुंगानाले अमेरिका बस्ने आफ्नी छोरी रेविकाको नाममा किनेका थिए । ढुंगानाले सर्वोत्तम सिमेन्टको मात्र होइन विभिन्न कम्पनीको इन्साइडर ट्रेडिङ गरेको पनि आरोप लागिरहेको छ ।

मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा तर्फको राजपत्रांकित विशिष्ट श्रेणी पदमा सहसचिव रविलाल पन्तलाई बढुवा गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी, वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्यमा सहन्यायाधिवक्ता डा। गोपिचन्द्र भट्टराई तथा ऋण असुली न्यायाधीकरणको रिक्त कानून सदस्य पदमा उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्ति गर्ने निर्णय पनि मनित्रपरिषद् बैठकले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*