कसरी गर्न सकिन्छ नयाँ नोटको जतन ?

अखबार हब
२०७८ आश्विन ३१, आईतवार १०:४५

काठमाडौं । दशैँको शुभारम्भ भएसँगै हरेक नेपालीको घर आगँनमा नयाँ नोट भित्रिन्छन् । दशैं नजिकिएसँगै नेपालीहरुको घररपरिवारमा नयाँ नोटको खोजी हुन थाल्छ । दशैंमा टीका लगाएर नयाँ नोटको दक्षिणा दिने चलन छ ।

यही प्रचलनलाई मध्यनजर गर्दै हरेक वर्ष नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट निस्काशन गर्छ । सदाका वर्षहरुमा जस्तै यस वर्ष पनि केन्दि«य बैंकले यसपालीको दशैंलाई लक्षित गर्दै नयाँ नोट वितरण गरेको छ ।

दशैंमा पूजाआजा तथा दक्षिणामा नयाँ नोट प्रयोेग गरिन्छ । नोटमा अबिर लाग्दा, पानीमा चोबलिदा नोटको आयु थोरै हुन्छ । नयाँ नोटलाई जतन गर्नका लागि विभिन्न तरिका अपनाउन सकिन्छ ।

१) अबिर नलगाउने
२) नोटमा केरमेट नगर्ने
३) पानीमा नभिजाउने
४) नोटलाई खुम्चन नदिने
५) दक्षिणा दिदा खाममा राखेर दिने
६) नोटलाई अबिर, अक्षता, माटो, धमिरा, मुसा, आगो, पानी इत्यादिबाट जोगाउने
७) नोटलाई कच्याक कुच्चुक नपार्ने, पोको नपार्ने र जमीनमा गाड्ने काम नगर्ने
८) नोटको हिफाजत गर्ने कुरा आफूले पनि बुझ्ने र अरुलाई बुझाउने
९) पूजाआजा गर्दा अथवा कुनै काम गर्दा मैलिएका हातहरुले सकेसम्म नोट नछुने
१०) आफूलाई आवश्यक पर्ने भन्दा बढी नोट बैंकमा जम्मा गर्ने बानी बसाल्ने
११) बैंकमा चेक तथा एटिएम कार्डहरु प्रयोग गरी नगद कारोबार कम गर्ने बानी बसाल्ने

यसमा तपाइको मत

Your email address will not be published.


*