मकवानपुरगढीमा गुडिरहेको बसबाट खसेर सहचालक गम्भीर घाइते

अखबार हब
२०७८ कार्तिक १, सोमबार १५:२२

मकवानपुर । मकवानपुरको मकवानपुरगढीमा गुडिरहेको बसबाट खसेर सहचालक गम्भीर घाइते भएका छन्।

सोमबार(आज) दिउँसो कान्तिलोकपथअन्तर्गत मकवानपुरगढी गाउँपालिका–२ मोहरेमा ठिंगनबाट हेटौंडा बजार आउँदै गरेको बसबाट खसेर बसका सहचालक गम्भीर घाइते भएका हुन्।

ना ४ ख १०७४ नम्बरको बसबाट खसेर सहचालक मकवानपुर गढी–२ मोडभञ्ज्याङ बस्ने १९ वर्षीय वीरबहादुर गोले गम्भीर घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

गोलेको उपचारको लागि हेटौंडा अस्पताल ल्याएकोमा उपचार सम्भव नभएपछि थप उपचारका लागि चितवन स्थित पुरानो मेडिकल कलेज पठाएको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*