एक आमाले जन्माइन् एकैपटकमा सात बच्चा

अखबार हब
२०७८ कार्तिक ९, मंगलवार १७:१७

पाकिस्तानको ऐबटाबाद सहरमा एक आमाले एक साथ सात बच्चालाई जन्म दिएकी छिन् । तर, यीमध्ये ६ बच्चाको निधन भएको छ । एकको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

गत साता ऐबटाबादमा जिन्ना इन्टरनेसनल अस्पतालमा एक महिलाले सात बच्चालाई जन्म दिएकी हुन् ।

बिबिसीका अनुसार यी मध्ये पाँच जनाको यही अस्पतालमा निधन भएको हो । अस्पतालका विशेषज्ञ चिकित्सकले चाहिँ यी सबै बच्चाले आवश्यक पोषण नपाएकाले उनीहरुको मृत्यु भएको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*