भ्रष्टाचार अभियोगमा कैलाश गाउँपालिका अध्यक्ष मोक्तान निलम्बित

अखबार हब
२०७८ कार्तिक १७, बुधबार १६:१८

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानलाई निलम्बन गर्न विशेष अदालत काठमाडौँले पत्र पठाएको छ । अख्तियार दुरुपयोग अनुसान्धान आयोगले असोज १५ गते भ्रष्टाचार अभियोगमा अध्यक्ष मोक्तानसहित कर्मचारीहरुबिरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो । असोज १७ गते नै अध्यक्ष मोक्तानलाई निलम्बन गर्न बिशेष अदालत काठमाडौँले पत्र पठाए पनि सो पत्र गाउँपालिकाको कार्यालयमा कार्तिक ९ गते मात्रै दर्ता भएको हो ।

त्यसयता अध्यक्ष मोक्तान गाउँपालिकाको कार्यालय गएका छैनन् । हाल उपाध्यक्ष सुकुमाया थिङले कार्यावाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छन् । एमालेबाट निर्वाचित अध्यक्ष मोक्तान एमाले विभाजनपछि हाल नेकपा समाजवादीमा समाहित भएका छन् । गाउँपालिकाको खर्चमा गरिएको विभिन्न कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेपछि छानबिन सुरु गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*