राष्ट्रिय कलाकारहरुको उपस्थितिमा मनहरीमा साँस्कृतिक कार्यक्रम

अखबार हब
२०७८ कार्तिक १८, बिहीबार १३:५६

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी १ मा उज्यालो पर्व तिहार तथा छठ पर्वको पावन अवसरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

सेन्टर झुल्यान युथ क्लबको आयोजनामा कार्तिक २१ गते मनहरी १ को बाल जिवनज्योती स्कुलको मैदानमा साँस्कृतिक कार्यक्रम तथा चिठ्ठा कार्यक्रम हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु राजेश राइ प्रेम परियार,लोकगायिका जसु अधिकारी , पेमा तमाङ(गोप्ले),राम प्रसाद पौडेल लगाएत स्थानीय कलाकारहरुको प्रस्तुती रहेने छ । कार्यक्रममको अवसरमा विभिन्न उपहार सहितको चिठ्ठा कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*