हेटौंडामा बस र मोटरसाईकल ठोक्कियो एकको मृत्यु

अखबार हब
२०७८ कार्तिक १९, शुक्रबार १४:०२

हेटौंडा । हेटौंडामा बस र मोटरसाईकल एकआपसमा ठोक्किदा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ ।

बिहिबार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ वन कार्यालयको ढाट नजिक उक्त दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु भएको हो ।

नारायणघाट बाट बिरगंज तर्फ जादै गरेको ना ८ ख १२४८ नंबरको बसमा बिपरीत दिशावाट आउँदै गरेको बा ७८ प ९९३३ नंबरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किदा मोटरसाइकल चालक र मोटरसाईकलमा सवार एक जना गरी २ जना घाइते भएकोमा एक जनाको उपचारको क्रममा मृत्यु भएको र एक जना घाईते भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

मृत्यु हुनेमा मोटरसाईकल चालक रौतहट फतुवा विजयपुर नगरपालिका ११ हिमालीबास बस्ने अन्दाजी २४ वर्षीय रोशन श्रेष्ठ चालक रहेको मोटरसाईकलमा पछाडी सवार घाईते २१ वर्षीय सचिन शाहले बताएको प्रहरीले जनाएको छ ।

श्रेष्ठको राति उपचारको क्रमममा हेटौंडा अस्पतालमा मृत्यु भएको र घाईते शाहको हेटौंडा अस्पतालमा उपचार भईरहेको प्रवक्ता रिमालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*