शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कति ?
काठमाडौं । शुक्रबार सुनको मूल्य चार सयले बढेर तोलाको ९४ हजार चार सयमा कायम छ। अघिल्लो दिन सुन ९४ हजार प्रतितोलामा कारोबार भएको थियो।
चाँदी पनि ३५ रुपैयाँले बढेर तोलाको १२ सय ८५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहको छ।