पाटनमा कात्तिक नाचका दृश्यहरु

अखबार हब
२०७८ कार्तिक २६, शुक्रबार १५:१५

ललितपुर । ललितपुरको पाटन दरवारमा जारी कात्तिक नाचमा विहीबार बाथः प्याखँ नाट्य कथामा आधारित नाच मञ्चन गरिएको छ । पाटन दरवार परिसरमा रहेको डवलीमा साँझ ८ बजे सुरु नाच राती ११ बजेसम्म चलेको थियो । १२ पैसाको बाख्रा कसरी ६ पैसामा साहुलाई झुक्याएर किन्ने काम हुन्छ भन्ने सन्देशमुलक कथामा आधारित यस नाट्य नाच देखाइएको कात्तिक नाच संरक्षक समितीका अध्यक्ष रविन्द्र चित्रकारले बताए ।

चित्रकारका अनुसार झण्डै ३ सय ८० वर्षभन्दाअघि सिद्धिनरसिं मल्लको पालादेखि चल्दै आएको यो ऐतिहासिक नाच २००६ साल सम्म २७ दिन मञ्चन हुन्थ्यो । कात्तिक नाच चलाउन आर्थिक अभाव रहेको चित्रकार बताउछन् । कलाकारहरुलाई चित्तबुझ्दो पारिश्रमिक दिन नसक्ने अवस्था रहेको बताउछन् ।

२७ दिनसम्म नाच चलाउन कलाकार १ सय ५० भन्दा धेरै कलाकार आवश्यक पर्ने हुँदा बजेट अभावमा चलाउन नसकिएको उनको भनाई छ । २००७ सालदेखि २०३७ सालसम्म २ दिन चलिइएको थियो । २०३८ सालबाट २०७१ सालसम्म ८ दिन चलेको थियो । २०७१ सालदेखि २०७६ सालसम्म १२ दिनसम्म मञ्चन गरिएको यो नाच २०७७ सालमा कोरोना महामारीपछि सामाजिक दुरी कायम गरेर २ दिन मात्रै चलाइएको थियो । यो बर्ष भने कात्तिक २४ गते बुधबारदेखि मंसिर १ गतेसम्म ८ चल्नेछ ।

बुधबार र विहीबार सुदामा प्याख र बाथः प्याखँ सामाजिक कथामा आधारित नाट्य कथामा आधारित नृत्य प्रस्तुत गरिएका थियो । शुक्रबारबाट हिन्दु धर्ममा आधारित भगवान कृष्णका कथामा आधारित नाट्य नृत्य प्रस्तुत हुनेछन् । ती मध्ये शितज्वर/विष्मज्वर युद्ध, महादेव/ कृष्ण युद्ध, भैरव,भैरव कुमारी महालक्ष्मी नृत्य,मधुकैटव बध,हिरण्याक्ष वध,नृसिंह अवतार नृत्यलगायत छन् । ३ सय ८० बर्षअघि सिद्धिनरसिंह मल्लको पालामा गुरु हरिवंश उपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहमा यो नाच चलाइएको किम्बदन्ती छ ।

तस्वीरः न्यूज कारखाना

यसमा तपाइको मत

Your email address will not be published.


*