दाहसंस्कार गर्न हिँडेको कार दुर्घटना हुँदा कम्तिमा १८ को मृत्यु

अखबार हब
२०७८ मंसिर १२, आईतवार १२:५४

कोलकत्ता । पश्चिम बंगालको नदिया जिल्लामा गएराती मेटाडोर कार दुर्घटना हुँदा कम्तिमा १८ मानिसको ज्यान गएको छ। दाहसंस्कारको लागि हिँडेका उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।

नदिया जिल्लाको फुलबारी क्षेत्रमा सो दुर्घटना भएको बताइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार राति उत्तर २४ परगनाको बग्दाबाट दाहसंस्कारको लागि गइरहेको मेटाडोर कार पार्कमा राखिएको लरीसँग ठोकिएको थियो।

सो कारमा करिब ३५ मानिस सवार रहेको बताइएको छ। दुर्घटनामा परी कम्तिमा १८ मानिसको मृत्यु भएको छ भने अन्य मानिस घाइते भएको हंशकाली प्रहरीले जनाएको छ। घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको र उपचारको लागि सबैलाई शक्तिनगर जिल्ला अस्पताल पठाइएको बताइएको छ।

यद्यपि, सो दुर्घटना तीब्र गति र बाक्लो हुस्सुका कारण भएको स्थानीयको दाबी छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*