यी हुन् विश्वको सबैभन्दा महंगो शहर
अलजजिरा । तेल अभिभ विश्वको सबैभन्दा महंगो सहर भएको छ । इकोनोमिस्ट म्यागाजिनले गरेको वार्षिक सर्वे अनुसार इजरायली सहर तेल अभिभ विश्वकै महंगो सहर ठहरिएको हो ।
महंगा सहरको सूचीमा पेरिस र सिंगापुर संयुक्त रूपमा दोस्रो स्थानमा छन् । सिरियाको राजधानी दमास्कस विश्वकै सबैभन्दा सस्तो सहर भएको छ ।
विश्वका सबैभन्दा महंगा सहर
१. तेल अभिभ
२. पेरिस र सिंगापुर
३. ज्युरिच
४. हङकङ
५. न्युयोर्क सिटी
६. जेनेभा
७. कोपनहेगन
८. लस एन्जलस
९. ओसाका