५३ अङ्कले घटेर शेयर बजार २४ सय विन्दुमा झर्‍यो

अखबार हब
२०७८ मंसिर २२, बुधबार १५:३७

काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) आज बुधवार पनि घटेको छ । हिजो मङ्गलवार ३२ अङ्कले घटेको नेप्से आज ५३ दशमलव १ अङ्कले घटेर दुई हजार चार सय ५५ दशमलव ८० विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर राताम्मे भएकोमा बीमा, विकास बैंक, जलविद्युत्, व्यापार र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २६ कम्पनीको शेयर कारोबार भएकोमा १२ वटा कम्पनीबाहेक सबैको शेयर घटेको छ । आज ६५ लाख ६० हजार कित्ता शेयर दुई अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको ११ करोड ८८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सामुदायिक लघुवित्त र एक्सेल विकास बैंकको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*