सेयर बजार ४.२३ अकंले घट्यो, ४ अर्ब ५८ करोडको कारोबार

अखबार हब
२०७८ मंसिर २९, बुधबार १५:५७

काठमाडौँ । सेयर बजार मंगलबार अन्तिम समयमा घटेको छ। बुधबार कारोबार सुरु भएको सुरुवाती चरणमा सेयर बजार ७१ अंकले बढेको थियो भने करिब डेढ घण्टामा २८.३२ अंकले बढेको थियो।

कारोबार बन्द हुने समयमा सेयर बजार ४.२३ अकंले ओरालो लागेको छ। सेयर बजार ओरालो लाग्दा सेयर बजार मापन गर्ने परिसूचक २ हजार ४ सय १४.६२ विन्दुमा सीमित भएको छ।

लगातार घटिरहेको सेयर बजार मंगलबार एकैदिन १३७ अंकले बढेको थियो। जसका कारणले कारोबार बन्द हुने समयअघि नै सेयर बजार बन्द भएको थियो। यसअघि आइतबार र सोमबार एक सय ६८ अंकले घटेको थियो। आज ९८ लाख ७९ हजार १०९ कित्ता सेयर ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६७८ रुपैयाँमा कारोबार भएको छ।

बुधबार ट्रेडिङ उपसमूह १.२ प्रतिशत, डभलेपमेन्ट विकास बैंक उपसमूह ०.९५ प्रतिशत, हाइड्रो उपसमूह ०.२८ प्रतिशत, फाइनान्स २.२१ प्रतिशत, नन् लाइफ इन्स्योरेन्स ०.२६ प्रतिशत, म्यानुफ्याक्चर एण्ड प्रडक्शन ०.१४ प्रतिशत, म्युचल फण्ड ०.०४ प्रतिशत र इन्भेष्टमेन्ट ०.६२ प्रतिशतले बढेका छन् भने अन्य उपसमूह घटेका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*