अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा अत्याधिक वृद्धि

अखबार हब
२०७८ मंसिर २९, बुधबार १६:१६

काठमाडौं । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा अत्याधिक वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा २०७७ कात्तिक मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ४१.५१ रहेको कच्चा पेट्रोलियमको मूल्य २०७८ कात्तिक मसान्तमा ९९.६ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ८२.८५ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को चार महिनाको तथ्याङ्क अनुसार कच्चा पेट्रोलियमको मूल्य २०७८ कात्तिक मसान्तमा ९९.६ प्रतिशतले वृद्धि भएको हो ।

त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७७ कात्तिक मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १८९०.९० रहेकोमा २०७८ कात्तिक मसान्तमा १.७ प्रतिशतले कमी आई अमेरिकी डलर १८५९.२० कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*