हेटौंडा बचतको २२औं साधारणसभा सम्पन्न
मकवानपुर । हेटौंडा बचत तथा ऋण सहकारीको बार्षिक साधारण सभा सम्पन्न भएको छ । हेटौंडा–७ मा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्था लि.को २२ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको हो ।
५ हजार ६ सय ७ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी ३ करोड ८७ लाख ४ हजार ६ सय रहेको छ । गत आ.व.मा संस्थाले ४४ करोड ७५ लाख १७ हजार ७ सय ५४ रुपैयाँ बचत संकलन गरेको छ भने संस्थाको चालु दायित्व १५ लाख १३ हजार १ सय ४ रुपैयाँ रहेको छ । संस्थाको प्रशासनिक खर्चतर्फ गत आ.व.मा ७५ लाख ५६ हजार खर्च भएको सहकारीका कोषाध्यक्ष विजय बहादुर बस्नेतले जानकारी दिए ।
मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राजन थापा, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य देवराज रिमाल, जिल्ला बचत संघ मकवानपुरकी अध्यक्ष कल्पला श्रेष्ठ, राष्ट्रिय सहकारी बैंकका रामेश्वर अर्याल, नेफ्स्कुन मकवानपुरका राजेन्द्र प्रसाद पौडेललगायतको विशेष अतिथ्यता रहेको थियो ।
अतिथिमाहरुमा जिल्ला बचत संघ मकवानपुरकी व्यवस्थापक सुमित्रा वाईवा, हेटौंडा–७ वडा सदस्य कृष्णप्रसाद दाहाल, सपना विक, सन्तमाया पाख्रिनलगायतको सहभागी रहेको थियो ।