छ्याङ्दी हाइड्रोपावरले माघ ११ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले आगामी माघ ११ गतेदेखि हकप्रदश शेयर निष्कासन गर्ने भएको छ । हकप्रदश निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई १ पुसमा अनुमति प्रदान गरेको थियो ।
कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद जारी गर्ने भएको हो ।
हकप्रद निष्कासनका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गरेको थियो । यसअनुसार पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।