एमसीसी पारित गर्न सत्तारुढ गठबन्धनमा सहमति
काठमाडौँ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० संसदबाट अनुमोदन गराउन मोटामोटी सहमत भएका छन् । शनिबार प्रधानमन्त्री निवासमा भएको शीर्ष नेताहरूको छलफलमा केही दिन गृहकार्य गरेर एमसीसी अनुमोदन गराउन सहमत भएका हुन् ।
गठबन्धनका नेताहरू स्थानीय तहको निर्वाचन सम्बन्धनमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा सहभागी भएका थिए । शनिबार दुई चरणमा बसेको बैठकले जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको थियो । उक्त बैठक सकिएपछि शीर्ष नेताहरू छलफल गरेर एमसीसी बारे सहमती जुटाएको नेपाली कांग्रेसका नेता तथा सरकार सञ्चालनका लागि बनाइएको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले बताए ।
यता गठबन्धनका नेता नारायणकाजी श्रेष्ठले भने एमसीसीबारे कुनै सहमति नभएको दावी गरेका छन् । उनले एमसीसी पारित नभए गठबन्धन फुट्ने भनेर बाहिर भएको प्रचारको कुनै सत्यता नरहेको उनको भनाइ छ ।