फागुन १ गतेदेखि सिनेमा हलसहित रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिइने
काठमाडौं । फागुन १ गतेदेखि सिनेमा हल सञ्चालन गर्न पाइने भएको छ ।
आइतबार बसेको प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सिनेमा हल, जिम खाना, डान्सबार, दोहोरी साँझसहित रात्रिकालीन व्यवसाय खोल्न दिने निर्णय गरेको हो । तर, राति १० बजेपछि भने यस्ता व्यवसाय सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ ।
व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नुपर्ने छ ।
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेपछि भिडभाड हुने रात्रीकालीन व्यवसाय सञ्चालनमा रोक लगाइएको थियो ।