मकवानपुरको मनहरीमा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा

अखबार हब
२०७८ फाल्गुन ९, सोमबार १८:५५

मकवानपुर । स्थानीयस्तरमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाको वडा नम्बर ७ मा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ ।

मनहरी गाउँपालिका तथा हेटौँडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता भएको दुई महिनापछि सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा आएको सो गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले दुई जना कर्मचारी र भवनको भौतिक सुधार गर्ने गरी प्रत्येक दिन सेवा उपलब्ध गराउने गरी सामुदायिक आँखा केन्द्र स्थापना गरिएको सो गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिएकाछन् । उक्त आँखा उपचार केन्द्रका लागि होण्डाइ मोटर फाउण्डेशन र पोगंसाई विश्व विद्यालय दक्षिण कोरियाद्वारा रु २० लाख मूल्य बराबरको उपकरण उपलब्ध गराइएको बताइएको छ ।

आँखा उपचार केन्द्रको आज एक कार्यक्रमबीच सो गाउँपालिकाका अध्यक्ष उप्रेती र हेटौँडा सामुदायिक आँखा अस्पतालका केन्द्रीय सदस्य सिद्दीलाल श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गरेका हुन । यसअघि हेटौँडा सामुदायिक अस्पतालले मकवानपुरको बागमती गाउँपालिकामा पनि आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको सो अस्पताल प्रशासनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*