बकैयामा पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु, प्रथम पुरस्कार नगद २० हजार

अखबार हब
२०७८ फाल्गुन १३, शुक्रबार २२:४५

मकवानपुर । पुर्वी मकवानपुरको बकैयामा आजबाट पालिकास्तरीय भलिबल खेल प्रतियोगिता सुरु भएको छ ।

घमनटोल खेल मैदानमा घमनटोल स्पोर्टस् क्लबको सातौंं वार्षिक उत्सवको अवरमा आयोगित आज भएको उद्घाटन खेलमा पाँच टिमको सहभागिता रहेको थियो ।

आज भएको खेलमा महेन्द्र मावि छतिवनले बस्तीपुर युवा क्लब बकैया–८ लाई पराजित गरेको छ भने लालिगुराँस युवा क्लब गोठकोलाले कर्मप्राप्ती युवा क्लबलाई पराजित गरेको छ । त्यस्तै आज भएको तेस्रो खेलमा न्यू हातेमालो युवा क्लबले नवजागृती युवा क्लब हात्तिखोलालाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ भने, तीनतले युवा क्लबले बुद्ध युवा क्लब हात्तिसुँडेलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

भोलि शनिबार हुने खेलमा बाँकी पाँच टिमको सहभागिता रहने घमनटोल स्पोर्टस् क्लबका अध्यक्ष राजकुमार तिमल्सिनाले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले नगद २० हजार र उपविजेता टिमले नगद १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीले ३ हजार प्राप्त गन आयोजक घमनटोल स्पोर्टस् क्लबले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*