करिब ६४ अंकले ओरालो लागेको शेयर बजारमा ६ कम्पनीको शेयरमूल्य बढ्यो, कुनको कति ?

अखबार हब
२०७८ फाल्गुन १८, बुधबार १६:०३

काठमाडौं । साताको चौथो दिन (बुधबार) शेयर बजारमा भारी अंकको गिरावट भएको छ । कारोबारको अन्तिम समयसम्म नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक करिब ६४ अंकले घटेको हो । आज नेप्से ६३.९८ अंकले ओरालो लाग्दै २५४६.६० को बिन्दुमा पुगेको हो ।

नेप्से आज जम्मा ६ कम्पनीको शेयरमूल्य मात्र बढेको छ । कारोबारमा आएका २२८ कम्पनीमध्ये ६ कम्पनीको मात्र शेयर बढेको हो । रिलाइन्स इन्स्योरेन्सको शेयर सबैभन्दा बढी ४ प्रतिशतले बढेको हो । कम्पनीको शेयरमूल्य ४ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.५७२ पुगेको हो ।

यस्तै,सिलिभ बैंकको शेयरमूल्य १.२५ प्रतिशत,स्वाभिमान लघुवित्तको १.०८ प्रतिशत,एनआईबिएल प्रगति फण्डको ०.९४ प्रतिशत,आईसिएफसी फाइनान्स डिबेन्चरको ०.९२ प्रतिशत,गुडबिल फाइनान्स डिबेन्चरको ०.०९ प्रतिशतले शेयरमूल्य बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*