मनहरीमा शिव मन्दिर र पिकनिक पार्कको उद्घाटन,फोहोर गर्नेलाई फुल र माला

अखबार हब
२०७८ फाल्गुन १८, बुधबार १८:१४

मकवानपुर । पश्चिममकवानपुरको मनहरी गाउँपालिका स्थित वडा नम्बर १ माशिवरात्रिको अवसरमा मोर्डन पिकनिक पार्कको उद्घाटन गरीएको छ । वडाको युवाहरुको सक्रियतामा निर्माण भएको उक्त पिकनिकपार्क र शिवमन्दिरको शिवरात्रिको अवसर पारी नेपाली कांग्रेसका नेताशंकर न्यौपानेले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।

कार्यक्रम उद्घाटन गर्दै नेपाली कांग्रेसका नेताशंकर न्यौपानेले स्थानीय युवाहरुको सक्रियाताको प्रसंसा गर्दै सामाजीक काममा युवाहरुको सक्रियाताको खुलेर प्रशंसा गरेका थिए । शिवरात्रिको अवसरमा गरीएको कार्यक्रममा स्थानीय युवाहरुले शिव ताण्डप नृत्य, नेपाली सँस्कृति झल्कने अन्य साँस्कृति ककार्यक्रमहरु प्रस्तुत गरेका थिए । वडाका स्थानीयहरुको उपस्थितीमा भएको कार्यक्रममा मोर्डन पिकनिक पार्क र शिवमन्दिर संरक्षण गर्न संरक्षण समिती समेत निर्माण गरीएको छ ।

संरक्षण समितीमार्फत पार्क र निर्माण भएको मन्दिरको रेखदेख,संरक्षण,सम्बद्र्धन तथा सरसफाई गरीने र उक्त स्थानमा हानीनोक्सानी पु¥याउनेलाई प्रत्येक बर्ष फुलमालालाएर सम्मान गर्दै नयाँ तरीकाको सजाए दिईने निर्णय गरीएको स्थानीय युवा बिशाल उप्रेतीले बताएका छन् ।

मोर्डन पिकनिकपार्क शिवमन्दिर उद्घाटन कार्यक्रममा वडा अध्यक्ष शिव प्रसाद खनाल,नेपक माओवादीका स्थानीय नेता बद्रि प्रसाद उप्रेती, नेपाली कांग्रेसका स्थानीय नेता रामप्रसाद उप्रेती, श्री शान्ति स्वाबलम्बन् बचत तथा ऋण सहकरी सस्थाका अध्यक्ष बिष्णु प्रसाद अधिकारी, नेपाली कांग्रेसका स्थानीय नेता रामकुमार उप्रेती, लगाएत अन्य विभिन्न राजनितीकदल ,सामाजीक संघ सस्थाका अलवा स्थानीय युवाहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रम गणेस बर्तौलाको सभाध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*