बर्डफ्लु पुष्टि भएको भीमफेदी क्षेत्रका सम्पूर्ण कुखुरा नष्ट

अखबार हब
२०७८ चैत्र २, बुधबार २१:३२

मकवानपुर । मकवानपुरको भीमफेदीका बर्डफ्लु पुष्टि भएको क्षेत्रका सम्पूर्ण कुखुरा नष्ट गरिएको छ ।

भीमफेदी गाउँपालिका–२, आँपचौरस्थित लीला थिङको खोरमा रहेका विभिन्न प्रजातिका कुखुरामा बर्डफ्लु पुष्टि भएसँगै त्यसक्षेत्रका सम्पूर्ण कुखुरा नष्ट गरिएको हो ।

बर्डफ्लु पुष्टि भएको र आसपासमा रहेका अन्य खोरको ३ सय १८ वटा कुखुरा, ८१ केजी दाना र १५ वटा अण्डा नष्ट गरिएको भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका कार्यालय प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिए । बर्डफ्लु पुष्टि भएको खोर वरिपरि अरुपनि कुखुरा नष्ट गर्नुपर्ने भएका कारण दुईदिन लगाएर नष्ट गरिएको बताए । सोमबार वर्डफ्लु पुष्टि भएको थियो ।

बर्डफ्लु पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले नियन्त्रणको प्रयास अघि बढाएको थियो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा बसेको बर्डफ्लु नियन्त्रण समितिले तीन बुँदे निर्णयसमेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*