६५ औं सहकारी दिवस भव्यरुपमा मनाइने

अखबार हब
२०७८ चैत्र ८, मंगलवार २०:५१

मकवानपुर । मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नाराका साथ ६५ औं सहकारी दिवस बिभिन्न कार्यक्रम गरी भब्यरुपमा मनाइने भएको छ ।

बागमती प्रदेश स्तरमा सहकारी दिवस मनाउनको लागि राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको संयोजकत्वमा १ हजार १ सदस्यीय मूल आयोजक समिति गठन भएको छ । समितिको सहसंयोजकमा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे र सदस्य सचिवमा बागमती प्रदेश सहकारी महाशाखाका कानुन अधिकृत प्रकाश चापागाई रहेका छन् ।

बागमती प्रदेशको राजधानी हेटौडामा मूल कार्यक्रम हुनेछ भने प्रदेशका सबै जिल्ला र पालिका तहमा विविध कार्यक्रम सहित सहकारी दिवस मनाइने संयोजक देवकोटाले बताए ।

सहकारी दिवसको अवसरमा मूल आयोजक समितिले बागमती प्रदेशको राजधानी हेटौंडामा रक्तदान कार्यक्रम, हेटौंडा अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण र २० गते भुटनदेवी विद्यालयको चौरबाट र्‍याली सुरु गरी रोयल पार्टी प्यालेसमा प्रवचन, सम्मान तथा पुरस्कार सहित समापन गर्ने कार्यक्रम तय भएको संयोजक देवकोटाले बताए। उनले सहकारी दिवसको दिन चैत्र २० गते साँझ प्रदेश भरका सहकारीहरुले दिपावली गर्न समेत अनुरोध गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*